Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

अनलाइनविचार संवाददाता

गौरादह, १४ जेठ । झापाको गौरादहमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जुरोपानी स्वास्थ्य चौकी क्वारेन्टाइनमा रहेकाहरुको जेठ ११ गते २० जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । यस्तै झापाको कचनकवलमा १५ जना कोरोना संक्रमित थपिएका छन् । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार दिउँसो १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ‘भर्खरै रिपोर्ट पोजेटिभ देखिएको छ,’ उनले भनिन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापाको कचनकवल गाउँपालिकामा १५ जना र झापाको गौरादह नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या एकसय नाघेको छ । झापामा १७ जना थप भएसँगै प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ ।

तपाईको प्रतिक्रिया