मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

अनलाइनविचार संवाददाता
गौरादह, ११ जेठ । गौरादहबाट कमल गाउँपालिका र बैगुन्धुरा जोड्ने सडकको डिठ्ठा चौक पश्चिममा रहेको कल्भर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कल्भर्ट निर्माणका लागि गौरादह नगरपालिकाले आवश्यक बजेट बिनियोजन गरेपछि कल्भर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

गौरादह नगरपालिका-२ को डिठ्ठा चौक पश्चिममा वर्षातको समयमा अविरल वर्षा हुँदा पानीको बहाव बढेपछि होमपाइपबाट पानी निकास नभएकाले कल्भर्ट निर्माण गरिएको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले जानकारी गराए।

कल्भर्ट निर्माण कार्य तिब्र रुपमा भइरहेकाले असार मसान्त अगाडिनै सम्पन्न हुने र नागरिकहरुलाई आवतजावतमा सहज हुने कल्भर्ट निर्माण समितिका अध्यक्ष श्रीप्रसाद शाहले जानकारी गराए। गौरादह नगरपालिका-२ को डिठ्ठा चौकमा कल्भर्ट निर्माण भएपछि बैगुन्धुरा, सरङ्पाडा, कमलगाउँपालिकाका साथै गौरादह आसपासका स्थानीयबासिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन। कल्भर्ट निर्माण कार्य सम्पन्न भएपछि सार्वजनिक तथा निजी सवारीसाधनहरुलाई आवतजावत मा सहजता हुने कल्भर्ट निर्माण समितिका अध्यक्ष शाहले जानकारी गराए।

कल्भर्ट निर्माणकार्यका लागि गौरादह नगरपालिकाले १५ लाख र जनसहभागिता बाट ७८ हजार १ सय ९८ रुपैयाँ गरि, १५ लाख ७८ हजार १ सय ९८ कुल लागतमा कल्भर्ट निर्माण गरिने समितिका अध्यक्ष शाहले जानकारी दिएका छन् । अहिले कल्भर्ट निर्माण भइरहेको ठाउँमा पहिले होमपाइप रहेको र त्यहाँ रहेको ६ वटा होमपाइप निकालेर वडा नं. २ लाई जिम्मा दिइसकेको बताए ।

होमपाइप मात्र हुँदा मानिसहरुलाई आवतजावत गर्न कठिनाई हुनाका साथै ठुला सवारीसाधनहरु ट्रक, टयाक्टर, बस लगायतका साधनहरु ओहोर दोहोर गर्न समस्या रहेकाले कल्भर्ट निर्माण भएपछि ति समस्याहरु ह्ट्ने अध्यक्ष शाहले बताए। कल्भर्ट निर्माणकार्यका लागि गौरादह-१ का ख्याम तिम्सिनालाई ठेक्का दिइएको छ । कल्भर्ट निर्माणकार्यका लागि २०७७ बैशाख महिनामा सम्झौता भएको र २०७७ असार मसान्त सम्ममा सम्पन्न गरिने जनाइएको छ ।

गौरादह नगरपालिका का नगरप्रमुख रोहित कुमार शाह र वार्ड नं. २ को वडाध्यक्ष हेमन्त कार्कीको पहलमा कल्भर्ट निर्माणको कार्य गरिएको मा आज सम्म कल्भर्टको ढलाई पनि सकिन लागेको करिब ७५ प्रतिशत कार्य सकिसकेको उपभोक्ता समितिका अध्यक्ष श्री प्रसाद शाहले जानकारी दिए । कल्भर्ट निर्माण हुनु अघि बाटो साँघुरो भएर हिंडडुल गर्न गाहो थियो भने, अब कल्भर्ट निर्माण हुने भएपछि आवत जावत गर्न र दुइटा गाडीहरु पनि सजिलै सँग ओहोर दोहोर गर्न सक्ने स्थानियबासी सकेन्द्र ताजपुरीयाले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया