Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, ११ जेठ । महानगरीय प्रहरी वृत्त स्वयम्भूअन्तर्गतको ड्युटी पोस्ट स्वयम्भू हल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीले गोली हानी आत्महत्या गरेका छन् ।

आइतबार बिहान ड्युटीमा खटिएका बेला असई कार्कीले आत्महत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरे । असई कार्कीको स्थायी घर दोलखा हो । उनी स्वयम्भूस्थित प्रहरी ड्युटी पोस्टका इन्चार्ज पनि हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घटनास्थलमा बिहानै प्रहरी पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

पछिल्लो पटक कोरोना संक्रमणको जोखिमका बीच काम गर्नुपर्ने प्रहरीको बाध्यताले प्रहरीमा समेत त्रासको वातावरण कायम छ । त्रासका बीच मनोबल उच्च राख्दै काम गर्न शुक्रबार मात्रै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले निर्देशन दिएका थिए ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments