Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ११ जेठ । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याउँदै अर्को सूचना जारी गरेको छ । विदा जेठ १२ गते सोमबारका लािग दिइएको जनाइएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले जेठ ११ गते आइतबारका लागि ईदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो ।

तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याउँदै ईदको सार्वजनिक बिदा सोमबार दिइएको जनाएको हो ।

तपाईको प्रतिक्रिया