Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, १० जेठ । व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानको बारीमा थोक बिक्रेता नआउदा किसान आफैं तरकारी बिक्री गर्न चौक तथा बजार जान थालेका छन। कोरोना भाइरस संक्रमणको त्रासका कारण बाहय व्यापारी आउन नसक्दा किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकेको हो। कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि नागरिकहरु घरमा बसेर आफुलाई चाहिने तरकारी आफैं फलाउन थालेपछि बजारमा तरकारी किन्न आउनेको संख्या घटेको छ।

लकडाउनका कारण बजारहरु बन्द भएकाले तरकारी खेती गर्ने किसानहरु निराश भएका छन। किसानहरु तरकारी बिक्री गर्न समय मिलाएर बिहान बेलुका चौक तथा बजारमा निस्कन्छन्। तरकारी बिक्री गर्ने स्थानमा व्यापारीहरुको जमात हुन्छ तर ग्राहक भने आउदैनन्। फाट्टफुट्ट एकदुई जना ग्राहकहरु मात्र आउदा तरकारी नबिके पछि घरतिर फर्काएर ल्याउनुपर्ने वा गाउँ घरमा निशुल्क वितरण गरेर हिड्नुपर्ने बाध्यता भएको छ।

चौक तथा बजारमा तरकारी बिक्री गर्न बसेका किसानहरुका सामु कोहि व्यक्ति झोला बाकेर आएको देखेमा आफ्नो पसलमा आए हुन्थ्यो भनेर धुप लगाउने समय भएको किसान बताउँछन्। तरकारी बिक्री गर्न समयमै चौकामा पुगेर लामो समय सम्म रुघेर बस्ता पनि ग्राहक नआएपछि तरकारीको भारि लान र ल्याउनको हैरान भएको किसान बताउँछन्। व्यावसायिक दृष्टिकोणले आम्दानीको स्रोत बनाउदै करिब दुई दशक अगाडि देखि तरकारी खेती गर्दै आएका गौरादह नगरपालिका वडा नं.७ का किसान लोकेन्द्र राजवंशीको तरकारी खेतीको अवस्था दयनीय भएको छ। उनले बारीमा यसबर्ष लौका, फर्सी, घिरौला, झिंगनी, करेला, बोडी, रायोसाग र कांक्रा फलाएका छन। तरकारी फलेर बिक्रीका लागि तयार भएपनि बजार नहुुदा बारीमै कुहिएर गएको उनले बताए। बारीमा फलाएको तरकारी बिक्री नहुदा फाईदा त हैन लगानी समेत डुबेको उनले बताए।

बिगत बर्षहरुमा तरकारी खेती गरेर राम्रो आम्दानी हुने गरेकाले यसै व्यावसायलाई निरंतरता दिएपनि यसबर्ष घाटा भएको गुनासो गरे।तरकारी खरिद गर्न सुरुवाती समयमा बाहिय ब्यापारीहरु आएपनि पछिल्लो समयमा कुनै ब्यापारी नआएको र स्थानीय ब्याक्तीहरु फाट्टफुट्ट आएर तरकारी लिदा अन्य तरकारी बारीमै कुहिन थालेको उनले बताए।व्यावसायिक तरकारी खेती गर्ने किसानहरुलाई उन्नत जातको बीउ, मल, किटनासक औषधि, आवश्यक तालिम र बिक्रीका लागि बजारको शुनिस्चित गरिनु पर्ने उनको भनाइ छ।

नेपाल सरकारबाट दिइने अनुदान वास्तविक किसान सम्म नआइपुगेको उनकी श्रीमती देवकि राजवंशीले बताइन।तरकारी खेतीका लागि सरकारले दिने अनुदान सम्बन्धित निकायबाट अनुगमन र निरीक्षण गरि वास्तविक किसानलाई दिनुपर्ने माग गरिन।व्यावसायिक तरकारी खेती गर्दै आएका गौरादह-२ का किसान दुर्गा प्रसाद दहाल दैनिक तरकारी बिक्री गर्न बजार जाने गर्दछन। तरकारी फिजाएर बजारमा बिक्री गर्न बसेपनि ग्राहक नआएपछि कम मुल्यमा गाउँ घरमा छोड्नु परेको उनी बताउँछन्।बिक्री गर्ने उदेश्यले बारीमा फलाएको तरकारी बिक्री नभएपछि तरकारी खेती गर्ने मन समेत मरेको उनको भनाइछ।उनले यसपटक फर्सी, लौका, साग, करेला र कांक्रा फलाएका छन। तराईको गर्मी हावापानीमा किसानहरुले पहाडी क्षेत्रमा फल्ने इस्कुस पनि फलाएका छन।तरकारी बिक्री गर्ने अवस्था नहुदा किसानहरुले नोक्सानी व्यहोर्नु परेको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया