Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

अनलाइनविचार
गौरादह, १० जेठ २०७७ । कोरोना भइरसको माहामारीबाट ज्यान गुमाएका जनता माध्यमिक विद्यालय, खुदुनाबारी झापाका पूर्व प्रधानाध्यापक हंसराज लिङ्गदेनको ९ गते शुक्रवार दाहसंस्कार भएको छ ।

स्वर्गीय लिङ्गदेनका ससुरा गौरादह २ का लक्ष्मी प्रसाद कंदङ्गवाका अनुसार केही बर्ष देखि बेलायतमा बस्दै आएका ६६ बर्षीय लिङ्गदेनको कोरोना भाइरसको कारण गत वैशाख १० गते लण्डनको रिडिङमा निधन भएको थियो ।

त्यहाँको नियम अनुसार सरकारले लिङ्गदेनको शवको अन्त्यष्टीको लागि निधन भएको एकमहिना पछिमात्र अनुमति प्रदान गरेको कंदङ्गवाले बताए । स्वर्गीय लिङ्गदेनका एक श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

दुई छोरी ज्वाईं नै बेलायतमा छन् भने एक छोरा अष्ट्रेलियामा र एक छोरो झापाको विर्तामोडमा बसोवास गर्दैरहेका परिवार श्रोतले बताएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया