Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा,  । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका उम्मेद्वार भन्दा दोब्बर बढी मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्व्चित भएका छन् ।

ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धि खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाप्त गरेका छन् । ओलीले अधिकारी भन्दा २८ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् ।

ओलीलाई माओवादी केन्द्र, राप्रपा लगायतका दलको गठबन्धनको समर्थन थियो । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली पुनः प्रधानमन्त्री बन्ने अपेक्षा गर्दै मतदाताले उनलाई भारी मतले विजयी बनाएका हुन् ।

तपाईको प्रतिक्रिया