Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ९ जेठ । भारतबाट काँकडभिट्टा भित्रिएका करिब ३१५ जना नेपालीहरूको शुक्रवार आरडीटी टेस्ट गर्दा १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएको छ । काँकडभिट्टा माविको होल्डिङ सेन्टर, धाइजनको स्वास्थ्य चौकी र इटाभट्टाको आदर्श मावि क्वारेनटाइनमा भारतबाट आएर बसेका नेपालीहरुमध्ये १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएको हो ।

काँकडभिट्टा माविका १४८, धाइजनको २२ र इटाभट्टाको क्वारेनटाइनका १४५ जनाको कोरोना भाइरसका लागि आरडीटी टेस्ट गर्दा उक्त सङ्ख्यामा एण्टीबढी पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनीहरूको शनिवार पीसीआर टेस्ट गरी विराटनगर स्थित कोरोना परीक्षण गर्ने प्रयोगशालामा पठाइने उनले बताए । बिहीबार राति सीमा नाका पानीट्याङ्कीबाट उनीहरू काँकडभिट्टा भित्रिएका थिए । लोकतन्त्र पोस्टबाट

तपाईको प्रतिक्रिया