Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ९ जेठ । सरकारले संविधानको अनुसूचीमा भएको निशान छापमा रहने नेपालको नक्सालाई पनि नयाँ नक्साअनुसार बनाउनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले जेठ १३ मा संसद बस्नु अगावै संशोधन दर्ता गर्ने निर्णय गरेको हो । संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धि व्यवस्था छ । संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।

बैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनेबारे छलफल भएको भए पनि कुनै निर्णय नभएको एक मन्त्रीले बताए । उनका अनुसार सरकारले बनाएको कोभिड टास्क फोर्सले विस्तृत प्रतिवेदन दिएपछि त्यसबारे निर्णय हुनेछ ।

तपाईको प्रतिक्रिया