Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पत्रपत्रिका खबर
अत्यावश्यक कामले आउनैपर्ने भए आरडिटी नेगेटिभ रिपोर्ट ल्याउनू स् गृह मन्त्रालय

काठमाडौं, ९ जेठ २०७७ । उपत्यका प्रवेश गर्ने सबै नाका बिहीबारदेखि सिल गरिएका छन् । लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक सवारी लिएर वा पैदल आउनेलाई प्रवेश अनुमति नदिने व्यवस्था गर्न उपत्यकाका सबै स्थानीय तहलाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको अजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

गृहमन्त्री रामबहादुर थापा बादलसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको बैठकमा मेयरहरूले उपत्यकालाई तत्कालै सिल गर्न माग गरेका थिए । उनीहरूको माग अनुसार लकडाउन अवधिभर सबै नाकामा जाँच र निगरानीमा थप कडाइ गर्न गृहले दिर्नेशन दिएको हो । अत्यावश्यक कामबाहेक लुकिछिपी प्रवेश गर्नेहरूलाई पनि रोक्न निर्देशन गरिएको छ ।

उपत्यका प्रवेश गर्नैपर्ने अत्यावश्यक काम भएका व्यक्तिले आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने छ । त्यो पनि आफ्नै खर्चमा गर्नुपर्ने गृहले सूचित गरेको छ । यसअघि लकडाउनमा पनि लुकिछिपी उपत्यका प्रवेश गर्नेहरूका कारण कोरोना फैलिएको भन्दै गृहले उनीहरूको खोजी गरी लगत संकलन गर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ ।

काठमाडौं आउन चाहनेलाई सम्बन्धित जिल्लामै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाइ गर्ने व्यवस्था गर्न पनि सम्बन्धित प्रशासनलाई निर्देशन दिएको छ । सबै स्थानीय तह होटेल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थललाई क्वारेन्टाइन बनाउने गरि लगत संकलन गर्न सुझाएको छ । त्यसमा बस्ने व्यक्तिबाट नै क्वारेन्टाइन खर्च भुक्तानी गर्नेगरी व्यवस्थापनको कार्य अघि बढाउन पनि आग्रह गरेको छ ।

दक्षिणकाली नगरपालिकाका सबै सेवा बन्द

कोरोना परीक्षणका क्रममा केही व्यक्तिको आरडिटी पोजिटिभ देखिएपछि दक्षिणकाली नगरपालिकाले कार्यालय बन्द गर्ने निर्णय गरेको छ । अर्को निर्णय नभएसम्म नगरपालिका, वडा कार्यालय, वडा नम्बर ५ को शेषनारायण स्वास्थ्य चौकी र मनमोहन स्मृति सामुदायिक अस्पतालबाट प्रवाह हुने सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । नगर क्षेत्रमा संक्रमण फैलिन नदिन तत्कालका लागि कार्यालय बन्द गर्नुपरेको मेयर मोहन बस्नेतले बताए ।

बुधबार नगरपालिका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको कोरोना परीक्षण गरिएको थियो । थप संक्रमण फैलिन नदिन ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि टोली परिचालन गर्ने निर्णय गरिएको बस्नेतले बताए । दक्षिणकाली–५ को त्रिभुवन आदर्श माविमा तत्कालै क्वारेन्टाइन बनाउने र चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको क्वारेन्टाइनलाई थप व्यवस्थापन गरिने उनले बताए । यसँसगै फोहोर पनि घर, टोल र वडाभित्रै व्यवस्थापन गर्न आग्रह गरिएको मेयर बस्नेतको भनाइ छ ।

तपाईको प्रतिक्रिया