Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ८ जेठ । झापामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सँगै झापामा मात्र संक्रमितको हुनेको संख्या २७ पुगेको छ । प्रदेश १ मा भने, ७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको कचनकवल गाउँपालिकामा थप १५ जनामा संक्रमण देखिएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ।

योसँगै कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । कचनकवलका क्वारेनटाइनमा बसेका ६५ जनाको स्वाब सङ्कलनका लागि मङ्गलवार कोसी अस्पताल विराटनगर पठाइएको थियो । प्रदेश १ ले बुधबार मात्र साँझ गरेको अद्यावधिक विवरण अनुसार झापामा ५, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड(१९ पुष्टि भएसँगै संक्रमितको सँख्या ६६ पुगेको थियो । थप १० जनामा कोरोना पुष्टी भएको प्रदेश १ ले बिहिबार राती गरेको अद्यावधिक जारी विवरण बाट जनाएको छ ।

त्यसमध्येबाट १५ जनाको कोरोना पीसीआर रिपोर्ट पोजेटिभ आएको बताइएको छ । झापाबाट सङ्कलित पीसीआरको रिपोर्ट आउने क्रममा रहेकोले अझै सङ्क्रमित बढ्न सक्ने सम्भावना रहेको छ । यता गाउँपालिकामा सङ्क्रमित भेटिएसँगै जेठ ११ गतेसम्म सिल गरिएको छ । भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षित रूपमा क्वारेनटाइनमा राख्ने काम भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया