Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ७ जेठ । सरकारले विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न भन्दै सातै प्रदेशमा एक/एक जना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ ।

प्रदेश १ मा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिका मन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्था मन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई ‘फोकल पर्सन’ तोकेको जनाइएको छ ।

उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्ने जनाइएको छ । विभिन्न देशबाट तत्काल ६ लाख बढी नेपालीहरु फर्कनसक्ने आँकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया