Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, ७ जेठ । ललितपुरमा कोरोना पुष्टि भएका व्यक्ति चिकित्सक भएको खुलेको छ । कोरोना संक्रमण पुष्टि भएका ललितपुरका २६ वर्षीय पुरुष चिकित्सक भएको खुलेको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले रुपन्देही र कपिलवस्तुमा स्वाब संकलन गर्न गएका चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखामा कार्यरत उनी केही दिनअघि मात्रै कपिलवस्तु तथा रुपन्देहीमा स्वाब संकलन तथा कन्ट्याक्ट ट्रेसिङको काम सकेर राजधानी फर्किएका थिए ।

ती चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्य ४ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ । नेपालमा चिकित्सकमा कोरोना संक्रमण यसअघि देखिएको थिएन । तर नर्समा भने संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो गरेको पत्रकार सम्मेलनमा थप २७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । जसमा ती चिकित्सकमा पनि संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया