Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अनलाइनविचार
काठमाडौँ, ५ जेठ २०७७। मन्त्रिपरिषद्‍को सोमबारको बसेको बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ ।

ती मन्त्रीका अनुसार भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो । १८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ ।

संघीय संसदका संसदीय समितिहरूले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए । राष्ट्रपति विद्या भण्डारीले संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया