Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

मुख्य समाचार

काठमाडौं, ५ जेठ २०७७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको बताएका छन् । प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको आरोप लगाए ।

उनले यही अधिवेशनमा पास हुनुपर्ने देउवाको भनाइतर्फ लक्ष्य गर्दै उनले महाकाली सन्धी जस्तै राष्ट्रघाती हुने बताए ।

‘एमसीसी पछाडीको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको छ, नेपाली कांग्रेसका नेताले भन्नुभयो छिटो पारित गर्नुपर्छ, उहाँले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गर्नुभएको थियो’, संघिय संसदमा बोल्दै रावलले भने, ‘१०। १० वर्षमा महाकाली सन्धीको पुनरावलोकन हुने भन्ने थियो, न त्यसको पुनरावलोकन भएको छ, न कार्यान्वयन भयो, मैले आशा गर्छु नीति तथा कार्यक्रममा उल्लेख भएका विषय एमसीसी अन्तर्गत हुनेछैनन्, भयो भने त्यो राष्ट्रहित विपरित हुनेछ ।’

उनले अन्तरदेशीय उद्योग खोल्ने कुरा नीति तथा कार्यक्रममा आएको तर त्यस्तो गर्न मिल्ने कानुन नरहेको बताए। नेता रावलले अन्य चुनौती भएको बेला अस्पष्ट कुराहरु अघि सार्दा जनतामा भ्रम सिर्जना हुने बताए। उनले दुविधायुक्त र विवादस्पद कुरा अघि नबढ्ने विश्वास व्यक्त गरे। कोरोनाबाट देशलाई कसरी जोगाउने भन्ने र भारतीय अतिक्रमणबाट नेपाली भूभाग कसरी रोक्ने भन्ने दोहोरो चुनौती नेपालसामू रहेको उनले बताए।

तपाईको प्रतिक्रिया