Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का

गौरीगंज, ५ जेठ २०७७ । झापाको गौरीगंज बहुमुखी क्याम्पस दक्षिण लेहरा खोलामा पुल निर्माण कार्य सुरु भएको छ।गौरीगंज गाउँपालिकाले बजेट बिनियोजन गरेपछि पुल निर्माण गर्न सहज भएको हो।

गौरीगंज गाउँपालिका वडा नं-३ को   लेहरा खोलामा पुल निर्माणका लागि गाउँपालिकाले ६५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको गौरीगंज गाउँपालिका वडा नं -३ का वडाध्यक्ष मखना महत्तोले जानकारी गराए।पुल निर्माणका लागि मदुसुदन निर्माण सेवा दमकले ५६ लाखमा ठेक्का लिएको छ।निर्माण सेवाले ईन्जिनियरको स्टमेट अनुसार १४ मिटर लम्बाइ र ६ मिटर चौडाइको पुल निर्माण गर्ने ठेक्केदार केदार थापाले जानकारी गराए।

पुल निर्माणको जिम्मा पाइसकेपछि कोरोना भाइरसका कारण लकडाउन हुदा निर्माण कार्य केही समय प्रभाबित भएको थियो।

लकडाउनका बाबजुत निर्माणको काम भइरहेकाले निर्माण सामग्री समयमा उपलब्ध नहुदा केही समस्या भएको ठेकेदार थापाले बताए।पुल निर्माण कार्य तिब्र गतिमा भइरहेकाले असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको पनि ठेक्केदारले बताए।पुलमा अहिले भई झलानको कार्य भइरहेको छ।

गौरीगंज  गाउँपालिका वडा नं -३ को हुलाकी सडकबाट तेलकानी गाउँ जोड्ने सडकको लेहरा खोलामा पुल निर्माण नहुदा आवतजावत गर्न मानिसहरुले सास्ती बिहोर्नु परेको थियो।पुल निर्माण हुनु अगाडि लेहेरा खोलामा काठे पुल मात्र हुदा एम्बुलेन्स बारुणयन्त्र लगायत अन्य सवारीसाधन आवतजावत गर्न समस्या भएको थियो।

पुल निर्माण कार्य सम्पन्न भएपछि गौरीगंज गाउँपालिका वडा नं २ र ३ का दक्षिणी क्षेत्रका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।

तपाईको प्रतिक्रिया