Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाइनविचार
काठमाडौं, ५ जेठ २०७७ । कोरोना संक्रमित पत्रकारको संख्या नेपालमा पाँच पुगेको छ ।

बारामा पनि कोरोना संक्रमित पत्रकार भएको खुलेको छ। सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या तीन सय चार पुगेको छ ।

नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।

तपाईको प्रतिक्रिया