Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

विराटनगर, ४ जेठ २०७७ । दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले दुई वटा वार्ड पूर्णरुपमा सिलबन्दी गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन विराटनगर १५ र विराटनगर ६ लाई सिलबन्दी गरेर संक्रमितसँग सम्पर्कमा पुगेका व्यक्तिहरुको पहिचान गर्ने र उनीहरुको परीक्षण गर्ने तयारी गरिएको हो ।

विराटनगर १५ हडतालीहाट क्षेत्रका एक ३५ वर्षे युवा र विराटनगर ६ का २९ वर्षे महिलामा कोरोना पुष्टि भएको छ । पुरुष विराटनगर महानगरपालिकाका सफाई कर्मचारी हुन् भने महिला माछा व्यापारी हुन् । ती महिला केही दिन अगाडि मात्रै भारतबाट नेपाल फर्केको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया