Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौँ, ४ जेठ २०७७ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजै बसेको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना नियन्त्रणका लागि नेपालमा चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ९५ जना संक्रमित भएको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया