Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

पत्रपत्रिका समचार
आलाइन विचार
काठमाडौं, ४ जेठ २०७७ । सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ ।

हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पुर्याउने गरी गृह मन्त्रालयले तयारी थालेको हो ।

त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई खाका बनाउन निर्देशनसमेत दिइसकेका छन् ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले भारत र चीन दुवैतर्फ स्थायी बीओपीको संख्या बढाउने गरी तयारी गरिएको र सोही अनुसार खाका तयार भइरहेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

तपाईको प्रतिक्रिया