Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ३ जेठ । लकडाउन थप्नेबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक भोलि बस्ने भएको छ । सरकारले अन्तिमपटक थपेको लकडाउनको समय जेठ ५ गतेदेखि सकिँदैछ ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज बैठक नभएको प्रवक्ता नारायण विडारीले बताए । तर अनौपचारिक छलफल भने भइरहेको उनको भनाइ छ ।
राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको अवधि अझै थप गर्ने बुझिएको छ भने जारी लकडाउनलाई पनि कडाइ गरिएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ ।
सरकारले हालै गरेको जनस्वास्थ्यविद्हरुको बैठकमा अधिकांशले लकडाउन र स्वास्थ्य परीक्षणको दायरा बढाउदै लैजान सरकारलाई सुझाव दिएका थिए ।

नेपालका हालसम्म २ सय ७६ जनामा कोरणा संक्रमण भएको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया