Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

बाँके, ३ जेठ । भारतबाट उद्दार गरेर नेपालगन्ज ल्याइएका सात सय नेपालीको आरडिटी परीक्षण सुरु गरिएको छ । बिहीवार राती २ बजेसम्म उद्धार गरिएका सात सय नागरिकको हिजोदेखि आरडिटी विधिबाट कोरोना परीक्षण सुरु गरिएको हो ।

परीक्षण गरिएकामध्ये अहिलेसम्म तीन जनामा कोरोनाको एन्टिबडी देखिएको नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले जानकारी दिए ।

भारतबाट नेपाल फर्किएकामध्ये सबैभन्दा धेरै कर्णालीका छन् भने झापा, गोरखा, स्याङ्जा, दोलखा, नुवाकोट, दाङ, सल्यान, रोल्पालगायत जिल्लाकासमेत रहेका छन् ।

भारतको बहराइचलगायतका जिल्लाहरुको क्वारेन्टिनमा डेढ महिना बसेर अलपत्र परेकालाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

उनीहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस, जमुनाह नाका नजिककोे क्वारेन्टाइनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया