Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024
काठमाडौं, २५ साउन । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, धादिंग, प्युठान स्याङ्जा र भोजपुरका विभिन्न २८ सामुदायिक विद्यालयका विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३२ हजार ७ सय ३० थान कपी वितरण गरेको छ ।
सीएसआर कमिटिका सदस्य तथा यस बैकका नायब महाप्रबन्धक केशब प्रसाद लम्सालबाट धादिङ्ग जिल्लाका ३ वटा बिद्यालयका प्रतिनिधिहरुलाई बैकको केन्द्रीय कार्यालय परिसरमा कपिहरु हस्तान्तरण गरे । साथै धापासी माध्यमिक बिद्यालय काठमाण्डौमा सीएसआर कमिटिका सदस्य तथा यस बैकका नायब महा प्रबन्धक नरेशराज अर्यालले बिद्यार्थीहरुलाई बिद्यालय परिसरमा कपि बितरण गरे ।
साथै सीएसआर कमिटिका सदस्य सचिब तथा मार्के्टिङ्ग तथा अनुसन्धान बिभागका बिभागीय प्रमुख सुनिता मानन्धरले बलम्बु माध्यमिक बिद्यालयमा कपि बितरण गरिन् र उक्त बिभागका उपप्रमुख दिजराज भट्टले नबयुग मा.बि.ज्याबहाल काठमाण्डौमा गई बिद्यालयका बिद्यार्थीहरुलाई कपि बितरण गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय बाणिज्य बैंक लि.ले यस प्रकारका विभिन्न सामाजिक काम गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया