सोमबार, चैत्र ०६, २०७९
Monday, March 20, 2023

झगेन्द्र खड्का
गौरादह, २३ वैशाख २०७७ । झापाको गौरीगंजबाट प्रदेश नं ६ को सुर्खेत पैदल हिंडेर घर जाँदै गरेका मजदुरहरुलाई गौरादह नगरपालिका वार्ड नं ७ को ग्वालडुब्बामा उद्दार गरिएको छ।

गौरीगंजबाट पैदल हिडेर ग्वालडुब्बा आइपुग्दा खाना खाने समय भएकाले मजदुरको ३४ जनाको टोलीलाई वडा नं ७ को वडा कार्यलयको ब्यबस्थापन र टोल बिकास समितिको सक्रियतामा खाना खाने व्यवस्था मिलाएका थिए।

सबेरै पैदल हिंडेर घर लागेका उनीहरुलाई वाडा कार्यलयले आफ्नै भवनमा खाना पकाएर खान दिएको थियो। हिड्दै आएका मजदुर टोलीलाई खानाखाने समय भएकाले भोकबाट बचाउन खानाको व्यवस्था गरेको वाड नं ७ का वाड अध्यक्ष बलराम खरेलले बताए ।

पूर्व पश्चिम राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको निर्माणधिन हुलाकी राजमार्गमा काम गर्ने ३० जना सुर्खेत र ४ जना बाँके घर भएका कामदारहरुलाई खान र बस्न दिएर उदार गरिएको हो।कोरोना भाइरस संक्रमण फैलिदैजाँदा घर परिवारले घर फर्कन भनेपछि उनीहरु काम छाडेर ३४ जनाको टोली पैदलै घर हिडेका हुन्।

खाना खाइसकेपछि दिउसो पानी परेका कारण उनीहरु वडा कार्यलयमा बसेका छन। लकडाउनका कारण प्रदेश नं ५ र ६ मा अफ्ट्यारो परिस्थिति रहेकाले घर पठाउन गाडीको ब्यबस्था मिलाउन नसकिएको वडाध्यक्ष खरेलले जानकारी गराए। उनीहरु आज वडा नं -७ को वडा कार्यलयको सभाहलमा बस्ने र भोली बिहान गौरीगंज पठाइने पनि खरेलले बताए ।

गौरीगंज गाउँपालिकाले उनीहरुलाई उपयुुक्त स्थानमा बास्सथानको बेबस्था मिलाउने र सडक निर्माण कम्पनीका ठेकेदारले खानको बेवास्ता गर्ने जनाइएको छ। कामदारहरुले भने आफुहरुलाई घर जाने वातावरण तयार गरिदिन माग गरिरहेका छन।

तपाईको प्रतिक्रिया