Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

धनगढी, २३ वैशाख । एटीएम तोडफोड गरेर पैसा चोरी गर्न खोज्ने एक जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको थलारा गाउँपालिका १ मालुमेला घर भइ आल कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैना बस्दै आएका २२ वर्षीय सुनिल खड्का रहेको प्रहरीले नजाएको छ ।

खड्काले बैशाख १७ गते राति कैलालीको अत्तरिया बजार महेन्द्रनगर रोडमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथमा तोडफोड गरेका थिए । उक्त गतिविधि सीटीभी क्यामेरामा कैद भएपछि अनुसन्धानका क्रममा खड्का पक्राउ परेका हुन् ।

पक्राउ परेका खड्कामाथि थप अनुसधान चलिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया