Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरीगंज, २३ वैशाख २०७७
झापाको गौरीगंजबाट प्रदेश नं ६ को सुर्खेत पैदल हिंडेका मजदुरहरुलाई गौरादह नगरपालिका वार्ड नं ७ ले खाना खाने व्यवस्था मिलाएको छ ।

सबेरै पैदल हिंडेर घर लागेका उनीहरुलाई वाडा कार्यलयले आफ्नै भवनमा खाना पकाएर खान दिएको हो । हिड्दै आएका मजदुर टोलीलाई खानाखाने समय भएकाले भोकबाट बचाउन खानाको व्यवस्था गरेको वाड नं ७ का वाड अध्यक्ष बलराम खरेलले बताए ।

पूर्व पश्चिम राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको निर्माणधिन हुलाकी राजमार्गमा काम गर्ने सुर्खेत घर भएका कामदारहरुले काम छाडेका छन् । कोरोना भाइरस संक्रमण फैलिदैजाँदा घर परिवारले घर फर्कन भनेपछि उनीहरु काम छाडेर ३४ जनाको टोली पैदलै घर हिडेका हुन् ।

मंगलबार विहान ९ बजे गौरीगंजबाट हिंडेका र करिब २० दिन सम्ममा घर पुग्ने लक्ष्य रहेको कामदारहरुले बताएका छन् ।
कामदारहरुले घर फर्कनका लागि निर्माण कम्पनीका ठेकेदार संग सुर्खेत सम्म पुग्ने पास मिलाइदिन अनुरोध गरेपनि ठेकेदारले चासो नदिएको टोलीका अगुवा लालवीर शेसीले बताए ।

उनका अनुसार गौरीगंज गाउँपालिकाको कार्यलयलाई पास मिलाइदिन अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताए । ठेकेदार कम्पनीले ३४ जना कामदारको टोलीलाई बाटोमा खानाखानको लागि एक क्वीन्टेल चामल, दाल, नुन तेलको व्यवस्था मिलाएको उनले बताए ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी राजमार्गको निर्माणको काम लकडाउनको समयमा पनि सामाजिक दुरी कायम राखी आफ्नै घरायसी समस्या देखाउदै घर हिंडेका हुन् । कामदारहरुलाई घर फर्कन पासको लागि सम्बन्धित निकायमा पहल भैरहेकाले केही दिन पर्खन आग्रह गरिएको निर्माण कम्पनीका प्रोजेक्ट सहायक मेनेजर दिपक श्रष्ठले बताए ।

उनका अनुसार कामदारहरुलाई पारिश्रमिक तथा रासन पानी र आवस्यक खर्चको व्यवस्था मिलाईदिएको बताए । कामदारहरुले काम छाडे पनि स्थानीय कामदारहरुलाई काममा लगाई सडक निर्माणको कामलाई निरन्तरता दिने श्रेष्ठले बताए ।
गौरादह नगरपालिको ग्वालडुव्बा क्षेत्रमा भोकै आइपुगेका जो कोहीलाई पनि आवस्यक सहयोग गर्ने भोको रहन नदिने जुरोपानी बहुउदेशीय सहकारीका सचिव सुर्यभक्त सिटोलाले जानकारी गराए ।

तपाईको प्रतिक्रिया