Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठ्माडौं, २३ वैशाख । यस बर्ष कक्षा १० को अन्तिममा लिईने एसईई परीक्षा नलिईकनै विद्यालयले गरेको आन्तरिक मूल्याँकनकै आधारमा विद्यार्थी उत्तीर्ण गर्न ठिक हुने निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनले ठहर गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले लकडाउनका कारण एसईई परीक्षा सम्भव नभएकाले आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति निकाल्दै प्याब्सनले २०७६ को परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुने गरी आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने जनाएको छ ।

उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले चैत ६ गतेबाट शुरु हुने परीक्षा १२ घण्टा पनि बाँकी नहँदा स्थगित गर्ने निर्णय गरेको थियो ।

२०७६ सालको कक्षा १० को अन्तिम परीक्षामा सहभागि हुन ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले फारम भरेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया