Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २३ वैशाख २०७७ । नेकपाको सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेपछि शान्त भएको नेकपाभित्रको विवाद पुनः उत्कर्षमा पुग्ने चिन्ता थपिएको छ ।

सचिवालय बैठकमा प्रम तथा अध्यक्ष केपी ओलीले आत्मालोचना गर्दै पार्टीलाई एकताबद्ध बनाउने सहमति भएको र पार्टीिभत्रका समस्याबारे थप छलफल गर्न स्थायी समितिको बैठक बोलाउने निर्णय भएको थियो । सोमबार साँझ गरेको नयाँ ट्विटले भने सहमति अन्यौलमा पर्ने अवस्था सिर्जना भएतर्फ संकेत गरेका छ ।

सोमबारका दिन नेकपाका दुबै अध्यक्षबीच छलफल भएको थियो । उक्त छलफलबारे विस्तृत कुरा सार्वजनिक नभएपनि छलफल लगत्तै अध्यक्ष प्रचण्ड कोटेश्वरस्थित नेता माधव नेपालको निवास पुगेका थिए ।

सोमबार साँझ नै पार्टीका प्रवक्त नारायणकाजीले भने सचिवालयको निर्णयबाट पछि हटे पार्टीमा संकट आउने चेतावनी दिएका हुन ।

सहमतिबाट पछि हट्ने संकेत प्रधानमन्त्री तथा अध्यक्षले अर्का अध्यक्ष प्रचण्डसँगको छलफलमा व्यक्त गरेको र सोही आधारमा श्रेष्ठले ट्विट गरेको अनुमान कतिपयले लगाएका छन् ।

सचिवालयको सहमतिबाट कोही पनि पछि हट्न नमिल्ने र नसक्ने श्रेष्ठले बताएका छन् ।
श्रेष्ठले लेखेका छनः

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

अस्तिको सचिवालयको निश्कर्षबाट बिचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ। अतःअन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन। पार्टी एकताको रक्षा,बिधिपद्दतिको पालना,पार्टीद्वारा सरकार सञ्चालन,सरकारबाट समाजवादउन्मुख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प-यो हो निश्कर्ष।

तपाईको प्रतिक्रिया