Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, २२ वैशाख । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले नयाँ विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ ।

देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो । यस्तै कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न नगराउन आग्रह गर्दै भर्नाको नाममा कुनै किसिमको शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु गर्न नगराउन आग्रह गरेको छ ।

हाल माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई) र कक्षा ११ तथा १२ को परीक्षाहरु स्थगित रहेकोले यस्तो अवस्थामा मन्त्रालयबाट वस्तु स्थितिको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा सञ्चालन सम्बन्धमा हालसम्म कुनै पनि नयाँ निर्णय नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मका विद्यालयर्ले एक महिनाको शुल्क मध्ये आवाश शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनि नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरेर अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय गरेको प्रवक्ता दिपक शर्माले जानकारी दिए ।

लकडाउनका कारण विद्यालयहरुको पठनपाठन बन्द रहेको समयमा विद्यालयहरुले भने विद्यार्थी भर्ना गर्न थालेका थिए । विशेष गरी निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न दबाव दिँदै आएका छन् ।मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments