Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

काठमाडौं, २२ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धी जाहेरी दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरी दर्ता गरेको हो । सरकारी वकिल कार्यालयका प्रमुख एवं सहन्यायाधीवक्ता हरि रेग्मीले जाहेरी दर्ता भएको बताए ।

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ ।

उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंका साथै सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन मानेको थिएन ।

प्रमुख रेग्मीले कानूनमा भएको व्यवस्था अनुसार, जाहेरी तत्काल प्रहरीमा पठाइदिने बताए । ‘सोमबार नै यादवले आरोप लगाएको तीनजनाको टोलीले पनि मानव अधिकार आयोगमा निवेदन दिएका छन् । पूर्वप्रहरी महानिरिक्षक सवेन्द्र खनालसहित सांसद किसान श्रेष्ठ र पूर्वमन्त्री महेश बस्नेतको टोलीले निवेदन दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया