Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अनलाइनबिचार
काठमाडौं, २१ वैशाख २०७७ । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्ज र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालगन्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया