बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

कक्षा अनुसारको नतिजा पढ्नुहोस्

अनलाइनबिचार, झापा, २१ वैशाख २०७७ । झापा जिल्लाको गौरादह नगरपालिका १ मा रहेको जनता माध्यमिक विद्यालयले लकडाउनको बीच बार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । लकडाउनको पालना गर्दै विद्यालयको आधिकारीक पेजबाट नतिजा सार्बजनिक गरिएको हो ।

शैक्षिक शत्र २०७६ को चैत्र ५ गते सम्पन्न भएको बार्षिक परीक्षाको नतिजा चैत्र ११ गते देखिको लकडाउनको कारण प्रकाशन हुन सकेको थिएन । आज आइतवार कक्षा नर्सरी, केजी तथा कक्षाहरु १, २, ३, ४, ५, ६, ७ र ९ कक्षाको रिजल्ट सार्बजनिक गरिएको हो ।

यस विद्यालयमा साधारण धार तर्फ नेपाली र अंग्रेजी दुबै माध्यमका कक्षाहरु संचालित रहेका छन् । त्यसैगरी प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ तर्फ  कक्ष ९ देखि १२ सम्मका कक्षहरु संचालित छन् । साधारण धार तर्फ पनि कक्ष ११, १२ मा शिक्षाशास्त्र र ब्यवस्थापन संकाय तर्फका कक्षाहरु संचालित छन् । कक्षा १० को एस इइ परीक्षा भने लकडाउनका कारण अनिश्चित समय सम्मका लागि स्थकित रहेको छ ।

कक्षा ८ को नतिजा पनि आज नै नगरपालिकाको शिक्षा शाखा मार्फत सार्बजनिक हुने तयारी

तपाईको प्रतिक्रिया