Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २० वैशाख २०७७ । नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ। शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको विषय खासै नउठेको बताइएको छ ।

यसअघि सचिवालयका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले विधि, पद्धति र पार्टीका मूल्य मान्यता अनुसार सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय पनि बैठकले गरेका जानकारी दिए ।

उनले हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताए । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको उनको भनाइ छ ।

यस्तै उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको पनि उनले बताए । बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया