Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २० वैशाख । सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरिरहेका छन् । सचिवालय बैठक साढे ५ बजेका लागि सारेर उनी गौतमसँग छलफलमा लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयको बैठक साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । उक्त बैठक ४ बजेका लागि बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । यसअघिको सचिवालय बैठकमा कोरोनाको उन्मुलन भएपछि आफूले राजीनामा गरेर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले राखेका थिए । पार्टीभित्र विवाद बढ्दै गएपछि ओलीले प्रधानमन्त्रीमा गौतम र पार्टीको तेस्रो अध्यक्षमा माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमा गौतमले पार्टी कमिटीबाट औपचारिक निर्णय हुनुपर्ने माग गरेका छन् भने नेता नेपालले उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया