Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
गौरादह, २० वैशाख । गौरादह नगरपालिकामा पाँच जना व्यक्तिको बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण नेगेटिभ आएको छ ।

पाँच जनाको थ्रोट स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा ५ जना कै परीक्षण नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

थ्रोट स्वाब संकलन गरिएका पाँच जना मध्ये नगरपालिकाको क्वारेन्टाइनमा रहेका इनरुवा बाट गौरादह-९ को झमक चोक मा ससुराली आएका १ व्यक्ति, पोल्याण्ड, कतार र बहराइनबाट आएर होम क्वारेन्टाइनमा रहेका एक/एकजना गरी ३ जना तथा जमातीसंग सम्पर्कमा भएका एकजना रहेको श्रेष्ठले बताए । सबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।

यसैबीच, गौरादह नगरपालिका भित्र होम क्वारेन्टाइनमा बसेका ३ जनाको हिंजो गरिएको आरडीटी परीक्षण पनि नेगेटिभ आएको जनाएको छ । यस अघि २० जनाको आरडीटी परीक्षण गरिसकिएको र उनिहरुको पनि परीक्षण नेगेटिभ नै आएको जनाइएको छ । यस्तै, गौरादह कै क्वारेन्टाइनमा रहेका ३ जना महिलाको भोली आरडीटी परीक्षण गरिने बताए । हालसम्म नगरपालिकाको क्वारेन्टानमा ६ जना र होम क्वारेन्टाइनमा बस्नेको संख्या १०६ जना रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया