Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १९ वैशाख । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ । थप ११ जना कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएसँगै कुवेतमा कोरोना संक्रमितको संख्या ७५ पुगेको हो।

कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ११ जना नेपालीसहित ३ सय ५३ जनामा कोरोनाको संक्रमण देखिएको हो । उक्त देशमा हरेक दिनजसो नेपालीको संक्रमण बढ्दै गइरहेको छ ।

हालसम्म ४ हजार ३ सय ५७ जना पुगेको छ । जसमा १६ सय २ जनालाई निको भएको छ । ३० जनाको मृत्यु भएको छ । ७० जनाको अवस्था जटिल छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया