Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १९ वैशाख नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा अधिकारीले जानकारी दिएका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमणपछि १६ जना निको भएर घर फर्किइसकेका छन् ।

तपाईको प्रतिक्रिया