Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

रोल्पा, १८ वैशाख । बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको छ ।

बिहीबार साँझ ६ बजे रोल्पाको त्रिवेणी गाउँपालिकामा -४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले बताए ।

उक्त घटनामा मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम छन् ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया