Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १८ वैशाख । मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका-८ राधा नगरमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधवार राती राधा नगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २८ प ७४५४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रूखमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक स्थानीय २१ वर्षीय सौजन कार्की र सोही मोटरसाइकलको पछाडि सवार स्थानीय २२ वर्षीय साने तामाङ घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागी नोबेल अस्पताल पठाइएकोमा चालक कार्कीको उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया