Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

कैलाली, १७ वैशाख । कैलालीको चुरे पहाडी क्षेत्र खिमडीस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लोकेन्द्र बोहरालाई कार्यालयमा आज बिहान मृतावस्थामा फेला पारिएको छ । सुतेकै ठाउँमा प्रहरी जवान बोहरा मृतावस्थामा भेटिनु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

गएराति खाना खाएर सुतेका बोहरालाई डिउटीमा खटाउनका लागि बिहान ब्युझाउने क्रममा मृत फेला पारिएको बस्नेतले बताए । अछामको पायल स्थायी ठेगाना भएका २९ वर्षीय बोहरालाई पाँच महिना अघि खिमडी प्रहरी कार्यालयमा खटाइएको थियो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी टोली त्यसतर्फ गैसकेको छ ।रासस

तपाईको प्रतिक्रिया