Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

रोल्पा, १७ वैशाख । क्वारेन्टाइनमा बसेका एक जना वृद्धको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–२ पारिबाङ दह स्थित भगवति आधारभूत विद्यालयको

क्‍वारेन्टाइनमा बसेका सोहि स्थानका ६२ वर्षिय तुलबहादुर परियारको मृत्यु भएको इलाकाप्रहरी कार्यालय घर्तीगाउँकाप्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । दम रोगको उपचारकालागि काठमाण्डौं गएका परियार बैशाख १२ गते भक्तपुरको कृष्ण ईटाभट्टामा मजदुरी गर्ने छोरासँगै गाउँ फर्किएका थिए ।

परियारको थ्रोट स्वाबको नमूना परिक्षणका लागि रोल्पा अस्पतालबाट डाक्टरको टोलि हिजै पुगेको इप्रका घर्तीगाउँले जनाएको छ । परियार बसेको क्वारेन्टाइनमा ६५ जनारहेका छन् ।

तपाईको प्रतिक्रिया