Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले आआफ्ना कुरा राखेको बताइएको छ ।

यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो ।

तर, दुई अध्यक्षबीचको बैठकबाट फेरि भोलिका लागि बैठक तय गरिएको हो ।

तपाईको प्रतिक्रिया