Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अनलाइनबिचार, १६ बैशाख २०७७

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीसँग असन्तुष्ट रहँदै आएका नेताहरु त्यतिबेला ओलीका विरुद्द संगठित भए जतिबेला ओलीले पार्टीमा छलफल विना नै दल विभाजन र संबैधानिक परिषद सम्बन्धि दुई अध्यादेश अचानक ल्याए ।

ओलीले ति अध्यादेश ल्याउनका लागी न पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाहा गर्न आवश्यक ठाने नत अन्य नेताहरुसँग नै । बरु चर्चा चल्न नपाउँदै राष्ट्रपति विद्यादेवि भण्डारीको सेटिङमा केही घण्टा वित्न नपाउँदै जारी गरे ।

पार्टीलाई नटेरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको गठबन्धन बन्यो र अध्यादेश फिर्ता नगरिए ओलीलाई हटाउनेसम्मको तयारी थालियो । विपक्षी दलको विरोधका बिच राजपा र समाजवादी फुटाउनका लागी सांसद अपहरणसम्मको घटना घट्न पुग्यो । यी दुई दल फुटाउन र अपहरणमा ओलीको संलग्नता देखियो भने राजपा र समाजवादी मिलेर पार्टी एकिरण भयो ।

सबै दवावका बाबाजुद प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिए तर उनको संकट टरेन । अहिले पनि प्रचण्ड नेपाल गठबन्धनले ओली पक्षलाई पार्टी र संसदका सबै तहमा अल्पमतमा पारेको छ ।
नेकपा ९ सदस्यीय सचिवालयमा त ओलीसँग इश्वर पोखरेल बाहेक अरु खुलेका छैनन् । प्रधानमन्त्री र अध्यक्षबाट समेत हटाउने तयारी गरेको गठबन्धनले ओलीलाई निकै संकटमा धकेलेको छ ।
सकेसम्म नेपाल पक्षलाई फकाउने गरी ‘पुर्व एमाले एकाठाउँमा’ भन्ने नारा दिईरहेको ओली पक्षले आफु एक्लै सांसदीय दलमा बहुमत पुर्याउने प्रयत्नमा लागिरहेको देखिन्छ भने प्रचण्ड माधव गठबन्धन आफुहरुको बहुमत पुग्नेमा ढुक्क देखिन्छ ।

कसको अवस्था के छ ?

ओली पक्षका सांसद (७८ जना)

केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, वसन्तकुमार नेम्वाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, दलबहादुर राना, विष्णु पौडेल, वृजेसकुमार गुप्ता, नन्दलाल रोका क्षेत्री, हृदयेश त्रिपाठी, रवीन्द्रराज शर्मा, नवराज राउत, लालबहादुर थापा, प्रेमबहादुर आले, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, भैरवहादुर सिंह । विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, डा.शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, बिना श्रेष्ठ, नविना लामा, शान्तिमाया पाख्रिन, कुमारी मेचे, बिनादेवी बुढाथोकी मगर, राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, गंगा चौधरी (सत्गौवा), बिमला विश्वकर्मा, आशाकुमारी विक, जुलीकुमारी महतो रेखाकुमारी झा, सरिताकुमारी गिरी, सानु शिवा ।

माधव नेपाल पक्षका सांसदहरु (४३ जना)

झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, लालबाबु पण्डित, जयकुमार राई, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी नारायणप्रसाद खतिवडा, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, शेरबहादुर तामाङ, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, मेटमणि चौधरी, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भीम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, तुल्सी थापा, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु विमलाकुमारी विश्वकर्मा, पार्वतीकुमारी बिसुंखे, डा. पुष्पा कुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कालिला खान, समिना हुसेन ।

प्रचण्ड पक्षका सांसदहरु (५३ जना)

पुष्पकमल दाहाल प्रचण्ड, राम कार्की, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल, हेमकुमार राई, सुरेशकुमार राई, सुरेशचन्द्र दास, मात्रिका यादव, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव, प्रभु साह, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, गंगाबहादुर तामाङ, हरिराज अधिकारी, देव गुरुङ, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, कमला रोका, वर्षमान पुन, कृष्णबहादुर महरा, महेश्वरजंग गहतराज, सन्तकुमार थारु, टेकहादुर बस्नेत, गजेन्द्रबहादुर महत, दुर्गबहादुर रावत, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, गौरीशंकर चौधरी, लेखराज भट्ट, बीना मगर, रामबहादुर थापा बादल, हितराज पाण्डे, पूर्णकुमारी सुवेदी, रेखा शर्मा, धर्मशीला चापागाइँ, सीता पोखरेल, सत्या पहाडी, इन्दु शर्मा, वोधमाया यादव, अन्जना विशुंखे, दुर्गा विक, जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा, सुवेदी, अमृता थापा, रामकुमारी चौधरी, शेखतारा चाँद ।

तपाईको प्रतिक्रिया