Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गणेश अधिकारी

१५ बैशाख २०७७ सोमवर
सरकार परिवर्तन हुँदैन । प्रचण्डलाई राजनीतिक गोल गर्न दिनुभन्दा सहयोद्धा माधब नेपाललाई अघि सारेजस्तो गरि प्रचण्डलाई साइजमा ल्याउने । प्रचण्ड आफुले मौका नपाएपछि उनले माधब नेपाललाई पनि छेक्ने,छेकाउने । माधबले पनि प्रचण्डलाई छेक्ने,छेक्न लगाउने र अन्त्यमा परिणाम आफ्नै पोल्टामा पार्ने ओलि टिमको सुनियोजित रणनितिले १०० प्रतिशत काम फत्ते गराउंदै केपि ओलि पुरै कार्यकाल नट आउट शासन सत्ता चलाउँदैछन् ।

यो एउटा राजनितिक चतुर्‍याइँ हो र राजनीतिमा यो आवस्यक छ्र किनभने राजनितिका सपना पूरा गर्न पहिला त पोजिसन नैं चाहिन्छ । त्यसपछि मात्र सुशासन, समृद्धि प्राथमिकतामा पर्न जान्छन् ।

वास्तबमा यो समय सत्ता परिवर्तनको समय त हुँदैहोइन । न त्यसले रातारात चमत्कार ल्याउँछ न त सत्ता परिवर्तनको खेलले बिस्वब्यापी चुनौती बनेको कोरोनालाई आफ्नै देश भित्र संकटमोचन तुरुन्तै गर्नसक्छ । बरु यस्तो खेलले महाब्याधीलाई झन लम्ब्याउने नैं हुन्छ्र । यद्यपि केपि ओलिले निरन्तरता पाइरहनुपर्छ भन्दैगर्दा अध्यादेश लगायत उनको नेतृत्वले गरेका केही अछ्यम्म गल्ती दोहोर्‍याउने छुट अब उनलाई हुनेछैन ।

बिगतमा पार्टी र सरकारको बीचमा धेरै दुरी बढ्यो, यसमा केपि ओलिको केही न केही अधिनायकवादि शैलिले भुमिका खेलेकै हो । यदी नखेलेको भए यो अवस्था दल,सरकार र देशले पक्कै भोग्नुपर्दैनथ्यो ।

भलै कम्युनिस्ट सत्तामा गएपछि अलिकति बढी निरंकुश बन्ने स्थापित विस्वब्यापी चलन नैं हो । जसरी सोभियत रुसमा स्टालिन ज्यादा निरंकुश बन्दा त्यसैको प्रतिक्रान्तीकारी संसोधनबादी खुस्चेभको सत्तारोहण भयो र गोर्वाचोभ सम्म आइपुग्दा कम्युनिस्ट सत्ताको त कुरै नगरौं,सोभियत रुस नैं गर्ल्यामगुर्लुम ढल्यो । अब ओलीले पनि ती घटनाको आन्तरिक शष्लेषण गर्दै राज्यसत्ता संचालन गर्नुपर्नेछ ।

उनको अबको पहिलो काम वडाध्यक्षको जिम्मेवारी पनि बहन गर्न नसक्ने दुई भुँईफुट्टा सल्लाहकारलाई बालुवाटारतिर हेर्न समेत नपाउने गरि बिदा गर्नुपर्नेछ ।

राष्ट्र हितमा खलल पुर्याउने वा सघाउने जुनसुकै मुद्दामा दलसंग मात्रै नभई प्रतिपक्षको समेत राय,सल्लाह लिएर अघि बढनु पर्नेछ । कम्युनिस्टको नाउँमा दलाल,माफिया,अगुवा पछुवा,हुक्के,चिलिमे स्वार्थलिप्त हनुमानहरुको घेरा तोडनुपर्नेछ ।

बिभिन्न क्षेत्रमा बिज्ञता हाँसिल गरेका स्वदेशी,बिदेशी नेपालीलाई एककठ्ठा गरि तिनिहरुकै बिशेषज्ञतामा आधारित सुशासन र समृद्धिको यात्रा तय गर्नुपर्नेछ।

प्रचण्ड पार्टी संचालन,कम्युनिस्ट आन्दोलन अघि बढाउने मार्गचित्र कोरिरहुन, त्यसमैं लागिपरिरहुन । भाबि अध्यक्षको सार्थक,स्वस्थ गृहकार्य गर्दै जाउन ।

माधब र झलनाथ केपि सरकार र प्रचण्ड पार्टीको वाच डगको भुमिका खेलुन । यी सम्पुर्ण कुरा धरातलिय यथार्थतामा रुपान्तरण हुनैपर्दछ र यिनीहरुले निर्बाह गर्ने त्रिकोणात्मक भूमिकाको बिकल्प छैन ।

तपाईको प्रतिक्रिया