Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

अनलाइनबिचार
गौरादह, १५ बैशाख २०७७ । साल संवत फेरियो तर विक्रम संवत् २०७७ सालको भित्ते पात्रो तपाँई हाम्रो घरघरमा यो बर्ष अहिले सम्मपनि झुण्डिन पाएको छैन् छैन् ।

कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण गर्न सरकारले चैत्र ११ गतेबाट लकडाउनको माध्यम अपनाउदा सबै क्षेत्र बन्द भएपछि भित्तेपात्रो पनि उपलब्ध हुन नसकेको हो ।

पात्रो नहुदा तीथि, मिति, गते र बारमा सर्वसाधारण अलमलमा परेका छन्। आज कति गते भनेर अर्कालाई सोधेर थाहापाउनु पर्ने बाध्यता रहेको बताउछिन् गौरादह ४ की ७६ बर्षीय भागिरथा दाहाल । जसलाई सोध्यो उसले पनि पख्नुस् है मोबाएलमा हेरेर भन्छु भन्छन् तर घडी पला नक्षेत्र बताइदिदैनन् भनेर उनी गुनासो समेत गर्छिन् ।

यस्तै बाध्यता गौरादह -२ का गंगा बहादुर खड्काको पनि रहेको छ । उनी भन्छन् धेरै बर्ष अगाडि भित्तेपात्रो नहुदा गतेबारको हेक्का रहन्थियो तर पछिल्लो समयमा भित्तेपात्रो आउन थालेपछि गतेबार हेर्नू परेमा पहिले नै आँखा भित्तेपात्रोमा पुग्छ। भित्तेपात्रो हेरेपछि मात्र गतेबार थाहा हुने गरेको खड्काले बताए।

त्यस्तै गौरादह नगरपालिका वडा नं-७ का बेद प्रसाद चुडालले पनि भित्तेपात्रो हेरेर चार्डपर्व ् बर्षभरीका सार्बजनि बिदा लगायत सरकारका आधिकारिक सूचना जानकारी समेटिएका भित्तेपात्रो यस वर्ष पाउन नसकिएको भनेर खल्लो महसुस भएको बताए ।

नयाँ बर्ष २०७७ सालको पहिलो महिना बैशाख सुरु भएको पनि १५ दिन बितिसक्दा समेत भित्तेपात्रो उपलब्ध हुन सकेको छैन। बिगत बर्षहरुमा फागुन महिननको अन्त्य सम्मा प्रयाप्त मात्रामा भित्तेपात्रो बजारमा उपलब्ध हुन्थ्यो।

संघ संस्था तथा कम्पनीहरुले पनि भित्तेपात्रो छपाई बितरण गर्ने गरेका थिए। बिगत बर्षहरुमा नयाँ बर्ष लाग्नु अगाबै सबैले घरमा भित्तेपात्रो राखेका हुन्थिए। प्राय सबै नगरिकका घरमा कोठैपिछे भित्तेपात्रो झुन्डिएका हुन्थिए।

घरका कोठा कोठामा भित्तेपात्रो राखेर गते बार तिथि हेर्ने बानी भएकाले भित्तेपात्रो नभएपछि गतेबारमा नै अलमलिनु पर्ने र अरुलाई सोध्नु पर्ने बाध्यता भएको छ ।

गौरादह २ का सबिन खतिवडा पनि मोवाएल फोनको हाम्रो पात्रो एप्सको सहायताबाट गते बारको जानकारी लिने गरेकको बताउछन् । उनी भन्छन् सबै उमेर समूहका नागरिकमा प्रबिधिको पहँच पनि छैन् र प्रबिधि सम्बन्धि ज्ञान पनि छैन् ।

बजारमा भित्ते पात्रो र अन्य पात्रोहरु उपलब्ध नहुँदा नागरिकलाई असजिलो पक्कै पनि छ । लकडाउन तथा कोरोना भाइरस सन्त्रासको प्रभाव भित्तेपात्रो छपाईमा पनि परेको छ।

तपाईको प्रतिक्रिया