Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, १५ बैशाख २०७७ । लकडाउनको कारण विभिन्न जिल्लामा अलपत्र परेका हुम्लाका नागरिकको हवाईजहाजमार्फत उद्धार हुने भएको छ। हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा र रंगमती शाहीको पहलमा अलपत्र नागरिकको उद्धार गर्न लागिएको हो।

लकडाउनको कारण विगत एक महिनादेखि नेपालन्ज, सुर्खेत, बुटवल, काठमाडौंलगायतका सहरमा सयौँ हुम्ली नागरिक अलपत्र परेका छन्। लकडाउनले विद्यार्थी, बालबालिका, महिला र वृद्धावृद्धाको बिचल्ली भएपछि उद्धार गर्न लागिएको सांसद लामाले जानकारी दिए।

‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको सर्वदलीय बैठकले अलपत्र नागरिकको उद्धार गर्ने निर्णय गरेको छ,’ लामाले भने, ‘प्रदेश सरकारले पनि उद्धार गर्ने निर्णय गरेको छ। भोलि–पर्सिबाट उद्धारको काम हुन्छ।’

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments