Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

चिरञ्जीवी घिमिरे
झापा, १५ बैशाख २०७७ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोरोना परीक्षणमा प्रयोग भएका स्वास्थ्य सामग्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।

देशका सबै जिल्लामा परीक्षण भइरहेको आरडिटी किटको रिर्पोट गलत भएको विभिन्न आधारले पुष्टि गरेको उनले बताए। गृहजिल्ला झापामा रहेका सिटौलाले सोमबार नयाँ संचारकर्मी सँग कुरा गर्दै आरडिटी किटका बारेमा सरकारले पुनर्विचार गर्नुपर्ने बताएका हुन्।

‘सरकारले जुन किटबाट आरडिटी टेस्ट गरिरहेको छ, त्यसमा भर पर्ने आधार एकदमै कम देखिन्छ’, उनले भने, ‘अहिले परीक्षण भइरहेका आरडिटी किट परिवर्तन गरेर गुणस्तरीय किट ल्याउन आवश्यक छ।’ उनले प्रत्येक जिल्ला अस्पतालमा पिसीआर परीक्षणको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बाह्रदशी गाउँपालिका–४ चकचकीमा ५० वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएपछि सिटौलाले यस्तो प्रतिक्रिया दिएका हुन्।

ती पुरुष गत फागुन अन्तिममा भारतमा भएको जमातीबाट फर्किएका थिए। उनीलाई दुईपटक आरडीटी गर्दा पनि नेगेटिभ देखिएको थियो। त्यसपछि आइतबार मात्र उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।

पटकपटक आरडीटी गर्दा पनि ती व्यक्तिमा कोरोना नदेखिएपछि उनी गाउँतिर हिँडेको हुनसक्ने भन्दै विषेश सचेतना अपनाउन सरकारसँग सिटौलाले माग गरे। ‘दुई पटक पनि नेगेटिभ देखिएपछि उनी औषधी किन्न, सागसब्जी किन्न बजार पकै गए। अहिले चकचकीमा एउटा गाउँ नै आतंकित भएको छ’, उनले भने, ‘गाउँ नै सिल गरेर त्यहाँका जनताको पिसीआर टेस्ट गरियोस्।’

उनले त्यहाँ मुस्लिम र मधेसी समुदायको बाक्लो बस्ती भएकाले सरकार गम्भीर भएर जाँच जर्नुपर्ने धारणा राखे। यो क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सामग्री ल्याएर काम गर्न सिटौलाले सरकारसँग विशेष माग गरे।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments