Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

लीलाराज झापाली
झापा,१५ बैशाख २०७७ । झापाको बाह्रदशी गाउँपालिका ४ गाउँपालिका आसपास घरभएका कोरोना संक्रमित ५० बर्षिय युवक गत फागुन २९ गते भारतको धार्मिक सभाबाट झापा आएको खुलेको छ ।
उनीभातर दिल्लीमा भएको मुस्लिमको तब्लिगी जमाती धार्मिकसभामा सहभागि भएर आएका हुन । पेशाले स्थानीय मुस्लिम विद्यालयका शिक्षक मुल्बी समेत रहेका उनी लामो समयसम्म पनि क्वारेन्टाइनमा जान मानेनन ।

गाउँका अगुवा नेता समेत मानिने उनको घरमा पटक पटक प्रहरी निरिक्षक समेत पुगेर अन्र्तवाता लिएर फर्केको स्थानीयको भनाई छ । यस विचमा उनको दुईपटक सम्म र्या्पिड टेष्ट गरिदा समेत रिर्पोट नेगेटिभ आएपछि उनी गाउँमा राहत वितरणमा सक्रिय रहेका थिए । हाल उनीसगै राहत वितरणमा हिड्ने गाउँपालिकाका जनप्रतिनिधि तथा सामाजिक कार्यकर्ताहरु तनावमा रहेका छन । मुस्लिम वाहुल्य रहेको झापा बाह्रदशी गाउँपालिकाको वार्डनम्बर ४ मा जम्मा ७० प्रतिशत घरधुरी मुस्लिमकै रहेको एक सामाजिक कार्यकर्ता बताउँछन ।

कोरोना संकमण पुष्टि भएका मुल्वीको घरमा समेत १५ जनाको परिवार छ भने एउटै आगन जोडिएका करिव ४० जनाको बसोवास रहेको छ । जमातीबाट आएको उनीलाई कोरोना नदेखिएपछि बाकी उनको परिवारको टेष्ट गर्ने कुरै आएन । बिराटनगरको कोशी कोभिड अस्पतालमा उनको आजै पिसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि उनको गाउँमा त्रास वढेको छ । उनलाई झापा जिल्ला रेडक्रसको एम्बुलेन्सले विराटनगर अस्पतालसम्म पुर्याएको छ । यस वारेमा गाउँपालिकामा के गर्ने भन्ने वारेमा अजलाई बैठक राखिएको एक जनप्रतिनिधिले बताए । एक स्थानीयको अनुसार कोरोना संक्रमित उनी घरमै बस्नु भनेपनि खासै घरमा नवस्ने र प्राय राहत वितरणमै हिड्ने गरेका थिए । उनको दुई पटकसम्म आरडिटी चेक गर्दा नेकेटिभ आएको थियो ।

पछि पुन पिसिआर चेक गर्दा नतिजा पोजेटिभ आयो त्यसवेलासम्म समय धेरै बितिसकेको स्थानीयको बुझाई छ ।
स्थानीयको अनुसार हाल उनको घरमा दैनिक जमघट राहतको योजना बुन्ने देखि दैनिक चिया पिउनेहरु वढी तनावमा छन

तपाईको प्रतिक्रिया