Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

लीलाराज झापाली
झापा,१५ बैशाख २०७७ । झापाको बाह्रदशी गाउँपालिका ४ गाउँपालिका आसपास घरभएका कोरोना संक्रमित ५० बर्षिय युवक गत फागुन २९ गते भारतको धार्मिक सभाबाट झापा आएको खुलेको छ ।
उनीभातर दिल्लीमा भएको मुस्लिमको तब्लिगी जमाती धार्मिकसभामा सहभागि भएर आएका हुन । पेशाले स्थानीय मुस्लिम विद्यालयका शिक्षक मुल्बी समेत रहेका उनी लामो समयसम्म पनि क्वारेन्टाइनमा जान मानेनन ।

गाउँका अगुवा नेता समेत मानिने उनको घरमा पटक पटक प्रहरी निरिक्षक समेत पुगेर अन्र्तवाता लिएर फर्केको स्थानीयको भनाई छ । यस विचमा उनको दुईपटक सम्म र्या्पिड टेष्ट गरिदा समेत रिर्पोट नेगेटिभ आएपछि उनी गाउँमा राहत वितरणमा सक्रिय रहेका थिए । हाल उनीसगै राहत वितरणमा हिड्ने गाउँपालिकाका जनप्रतिनिधि तथा सामाजिक कार्यकर्ताहरु तनावमा रहेका छन । मुस्लिम वाहुल्य रहेको झापा बाह्रदशी गाउँपालिकाको वार्डनम्बर ४ मा जम्मा ७० प्रतिशत घरधुरी मुस्लिमकै रहेको एक सामाजिक कार्यकर्ता बताउँछन ।

कोरोना संकमण पुष्टि भएका मुल्वीको घरमा समेत १५ जनाको परिवार छ भने एउटै आगन जोडिएका करिव ४० जनाको बसोवास रहेको छ । जमातीबाट आएको उनीलाई कोरोना नदेखिएपछि बाकी उनको परिवारको टेष्ट गर्ने कुरै आएन । बिराटनगरको कोशी कोभिड अस्पतालमा उनको आजै पिसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि उनको गाउँमा त्रास वढेको छ । उनलाई झापा जिल्ला रेडक्रसको एम्बुलेन्सले विराटनगर अस्पतालसम्म पुर्याएको छ । यस वारेमा गाउँपालिकामा के गर्ने भन्ने वारेमा अजलाई बैठक राखिएको एक जनप्रतिनिधिले बताए । एक स्थानीयको अनुसार कोरोना संक्रमित उनी घरमै बस्नु भनेपनि खासै घरमा नवस्ने र प्राय राहत वितरणमै हिड्ने गरेका थिए । उनको दुई पटकसम्म आरडिटी चेक गर्दा नेकेटिभ आएको थियो ।

पछि पुन पिसिआर चेक गर्दा नतिजा पोजेटिभ आयो त्यसवेलासम्म समय धेरै बितिसकेको स्थानीयको बुझाई छ ।
स्थानीयको अनुसार हाल उनको घरमा दैनिक जमघट राहतको योजना बुन्ने देखि दैनिक चिया पिउनेहरु वढी तनावमा छन

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments