Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

अनलाइनबिचार

गौरादह, १४ बैशाख २०७७। गौरादह नगरपालिकाले तत्कालै कार्यन्वयनमा ल्याउनेगरी ११ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । नगरपालिकाको गत शनिवार बसेको कार्यपालिकाको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा केन्द्रित भएर उत्पन्न परिस्थितिको बारेमा महत्वपूर्ण निर्णयहरु गरेको हो ।

निर्णय अनुसार गौरादह नगरपालिकामा दोस्रो चरणको राहत ६ हजार ६ सय ४० परिवारलाई वितरण गरिने भएको छ ।

वडा भित्रका टोल बिकास समितिले सिफारिस गरेका बिपन्न श्रमिक, किसान, जनमजदुर परिवारहरुको वडा कार्यलयले गरेको सूचिकरण तथ्यांक संकलन अनुसार वड नं -१ मा ९ सय ८ , वडा नं -२ मा ४ सय ५१ , वडा नं -३ मा ४ सय ८१,  वडा नं -४ मा ६ सय ७२,  वडा नं-५ मा ७ सय ८०,  वडा नं -६ मा ९ सय ८६ , वडा नं – ७ मा ९ सय ८,  वडा नं -८ मा ८ सय ३५ र वडा नं – ९ मा ६ सय १९ घर परिवार रहेका छन्।

दोस्रो चरणको राहात बितरणमा दाल,नुन र तेललाई पहिलो चरणको जस्तै १ पोका नुन, १ किलो दाल, १ लिटर तेल यथावत रुपमा बितरण गर्ने गरि चामल बितरणमा भने घरमा रहेका परिवार संख्यालाई आधार मानि बितरण गरिने भएको हो ।

चामल बितरणमा परिवार संख्या २ जना भएका घरपरिवारलाई १० केजी, ३ देखि ५ जना परिवार भएकालाई २० केजी, ६ देखि बढी भएका परिवारलाई ३० केजी बितरण गरिने मेयर रोहितकुमार शाहले बताए।

वडा भित्र रहेका टोल बिकास समितिहरुले सिफारिस गरेका गरिब तथा बिपन्न घरपरिवारको संख्याका आधारमा नगरपालिकाले १७ गते बुधबार बिहान ८ बजेबाट खाद्यान्न सामग्री वडा कार्यलयहरुलाई बितरण गरिने नगर प्रबक्ता नगेन्द्र भण्डारीले जानकारी गराए।

बिपद परिस्थितिको सहज रुपमा समाधान गर्न नगरपालिकाको आयोजनामा संचालन गरिएको सर्वदलीय छलफलले दिएका सुझाबहरुलाई नगर कार्यपालिकाको सो बैठकले अनुमोदन गरेको छ।

दमक तथा गौरीगंज क्षेत्रबाट आयात हुने तरकारी तथा फलफुलमा रोक लगाउने ।
स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफुललाई सामाजिक दुरी कायम गरि बिक्रीवितरण गर्न ब्यबस्था मिलाउने ।
नगर भित्र बसोबास गर्ने धार्मिक सम्मेलनमा गएका मुस्लिम समुदायहरुको आर. डि. टि. तथा पि.सि.आर परिक्षण गराउने।

गौरादह नगरपालिका भित्र घर भएका र अन्य ठाउँमा रहेका नागरिकहरुलाई घर फर्कने व्यवस्था बैशाख १५ गते पछाडि निर्णय गर्ने र यस अघि आएकाहरुको लगत संकालन गरि होम क्वारेन्टाइनमा निगरानीका साथ राखिने ।

नगर भित्र रहेका बिपन्न परिवारलाई राहात बितरण गर्न चामल १४० टन, तेल ७ हजार लिटर, नुन ७ हजार केजी, दाल १० हजार केजी खरिद गर्ने निर्णय भएको छ ।

हाल सम्म नगर स्वास्थ्य शाखाले गरेको कामको बिबरण को जानकारी गराउदै नगर भित्र रहेका दिर्ग रोगीहरुका लागि आवश्यक पर्ने औषधि खरिद गर्ने निर्णय समेत भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया