Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, १४ बैशाख २०७७ । गौरादह नगरपालिका दोस्रो चरणको राहात वितरणको पूर्ण तयारीमा रहेको बताइएको छ । नगरपालिका भित्र रहेका ६ हजार ६ सय ४० घर परिवारले दोस्रो चरणमा राहात पाउने भएका छन्।

बिपन्न तथा दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने श्रमिक, जन मजदुरका घर परिवारलाई दोस्रो चरणको राहात बाड्ने सम्पूर्ण तयारी पूरा गरिएको बताइएको छ ।

नगरपालिकाले पहिलो चरणको राहात बितरण भन्दा केहि मापदण्ड परिमार्जन गरि केही फराकिलो दायरामा दोस्रो चरणको राहात बितरण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

गौरादह नगरपालिका भित्र रहेका ६ हजार ६ सय ४० घर परिवारले राहात पाउने भएका छन्। पहिलो चरणको राहात बितरण गर्दा छुट भएका घरपरिवारलाई यस पटक समाबेश गरिएको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले जानकारी गराए।

पहिलो चरणको राहात बितरणमा प्रति घरपरिवार १० केजी चामल १ केजी दाल १ केजी नुन र १ लिटर खाने तेल बितरण गरिएको थियो।

दोस्रो चरणको राहात बितरणमा दाल,नुन र तेललाई यथावत रुपमा बितरण गर्ने गरि चामल बितरणमा भने घरमा रहेका परिवार संख्यालाई आधार मानि बितरण गरिने भएको छ।

चामल बितरणमा परिवार संख्या २ जना भएका घरपरिवारलाई १० केजी, ३ देखि ५ जना परिवार भएकालाई २० केजी, ६ देखि बढी भएका परिवारलाई ३० केजी बितरण गरिने मेयर शाहले बताए।

वडा भित्र रहेका टोल बिकास समितिहरुले सिफारिस गरेका गरिब तथा बिपन्न घरपरिवारको संख्याका आधारमा नगरपालिकाले बुधबार बिहान ८ बजेबाट खाद्यान्न सामग्री वडा कार्यलयहरुलाई बितरण गरिने नगर प्रबक्ता नगेन्द्र भण्डारीले जानकारी गराए।

वडा भित्रका टोल बिकास समितिले सिफारिस गरेका जनमजदुर परिवारहरुको वडा कार्यलयले गरेको संकलन अनुसार वड नं -१ मा ९ सय ८, वडा नं -२ मा ४ सय ५१ , वडा नं -३ मा ४ सय ८१,  वडा नं -४ मा ६ सय ७२,  वडा नं-५ मा ७ सय ८०,  वडा नं , ६ मा ९ सय ८६ , वडा नं -७ मा ९ सय ८ , वडा नं -८ मा ८ सय ३५ र वडा नं -९ मा ६ सय १९ घर परिवार रहेका छन्।

बिपद परिस्थितिको सहज रुपमा समाधान गर्न नगरपालिकाको आयोजनामा संचालन गरिएको सर्वदलीय छलफलले दिएका सुझाबहरुलाई नगर कार्यपालिकाको बैठकले अनुमोदन गरेको छ।

शनिवार नगरपालिकाको सभाहलमा संचालन भएको सर्वदलीय बैठकले कोरोना भाइरस संक्रमणबाट जोगिन दमक तथा गौरीगंज क्षेत्रबाट आयात हुने तरकारी तथा फलफुलमा रोक लगाउने, स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफुललाई सामाजिक दुरी कायम गरि बिक्रीवितरण गर्न ब्यबस्था मिलाउने,नगर भित्र बसोबास गर्ने धार्मिक सम्मेलनमा गएका मुस्लिम समुदायहरुको आर. डि. टि. तथा पि.सि.आर परिक्षण गराउने,

गौरादह नगरपालिका भित्र घर भएका र अन्य ठाउँमा रहेका नागरिकहरुलाई ल्याउन बैशाख १५ गते पछाडि निर्णय गर्ने र यस अघि आएकाहरुको लगत संकालन गरि होम क्वारेन्टाइनमा निगरानीका साथ राख्ने, नगर भित्र रहेका बिपन्न परिवारलाई राहात बितरण गर्न नगर भित्र रहेका बिपन्न परिवारलाई राहात बितरण गर्न चामल १४० टन, तेल ७ हजार लिटर, नुन ७ हजार केजी, दाल १० हजार केजी खरिद गर्ने निर्णय भएको छ ।

हाल सम्म नगर स्वास्थ्य शाखाले गरेको कामको बिबरण को जानकारी गराउदै नगर भित्र रहेका दिर्ग रोगीहरुका लागि आवश्यक पर्ने औषधि खरिद गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया